Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

हर्क साम्पाङद्वारा संसद बैठक बहिस्कार

हर्क साम्पाङद्वारा संसद बैठक बहिस्कार

काठमाडौँ : श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले संसद बैठक बहिस्कार गरेका छन् । प्रधानमन्त्री बालेन शाहलाई सदनमा उपस्थित गराउन सभामुख डीपी अर्यालले रुलिङ नगरेको भन्दै उनले बुधबारको बैठक बहिस्कार गरेका हुन् ।  उनले बैठक बहिस्कार गरेपनि उनकै पार्टीका अन्य सांसदले भने बैठक बहिस्कार गरेका छैनन् । 

यसअघि प्रतिनिधि सभाको बैठक सुरु हुने वित्तिकै राईले आफूलाई प्रतिनिधि सभा नियमावली २०७९ को नियम ३१ को उपनियम (१) बमोजिम बैठकबाट बाहिर निकाल्न वा बालेनलाई संसदमा उपस्थित गर्न रुलिङ गर्न सभामुखसमक्ष माग गरेका थिए । तर सभामुखले रुलिङ नगरेपछि उनी झोला बोकेर आफैँ बैठक हलबाट बाहिरिएका थिए । 

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट