कुरिनटार : गोरखामा निर्माणाधीन जलविद्युत आयोजनामा काम गर्ने क्रममा पर्खालबाट खसेर एक मजदुरको मृत्यु भएको छ।गण्डकी गाउँपालिका–१ बुट्टारस्थित निर्माणाधीन सुपर त्रिशूली जलविद्युत आयोजनामा कार्यरत सप्तरी घर भएका ४१ वर्षीय दुखीलाल यादवको दुर्घटनामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रहरीका अनुसार आज दिउँसो करिब २ः४५ बजे काम गर्ने क्रममा पर्खालबाट खसेर गम्भीर घाइते भएका यादवलाई उपचारका लागि चितवनस्थित इच्छाकामना आधारभूत अस्पताल लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij