Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

जुम्लाका शिक्षकविरूद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा मुद्दा दायर

जुम्लाका शिक्षकविरूद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा मुद्दा दायर

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जुम्लाको पातारासी गाउँपालिका–१ स्थित गंगा माध्यमिक विद्यालय, पेरे माथाचौरमा कार्यरत शिक्षक भोजराज न्यौपानेविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी जागिर खाएको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ।

आयोगका अनुसार न्यौपानेले माध्यमिक विद्यालय गणित (राहत) शिक्षक पदमा नियुक्ति लिन त्रिभुवन विश्वविद्यालयबाट जारी गरिएको भनिएको प्रविणता प्रमाणपत्र तह तथा स्नातक तहका झुट्टा (नक्कली) शैक्षिक योग्यताका प्रमाणपत्र पेस गरेका थिए।

प्राप्त उजुरीका आधारमा गरिएको अनुसन्धानमा उनले नक्कली प्रमाणपत्रका आधारमा नियुक्ति लिई शिक्षकको हैसियतमा सेवा सुविधा तथा लाभ लिएको खुलेको आयोगका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीले बताए । अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ उपदफा (१) अनुसार कसुर ठहर गर्दै सोही ऐन बमोजिम सजायको मागदाबी सहित शुक्रबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको हाे।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट