Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

वीरेन्द्रनगरमा महिलामाथि दुर्व्यवहार गर्ने नगर प्रहरीमाथि कारबाही हुने

वीरेन्द्रनगरमा महिलामाथि दुर्व्यवहार गर्ने नगर प्रहरीमाथि कारबाही हुने

काठमाडौँ  : वीरेन्द्रनगरमा महिलामाथि दुर्व्यवहार गर्ने नगर प्रहरीमाथि कारबाही हुने भएको छ । वीरेन्द्रनगर नगरपालिकाले बुधबार एक विज्ञप्ति जारी गर्दै सो घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै महिलालाई दुर्व्यवहार गर्ने नगर प्रहरीलाई कारबाही गर्ने जानकारी दिएको हो ।

नगर प्रहरीले महिलामाथि दुर्व्यवहार  गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । डाले डोकोमा काफल (फल) बोकेर बेच्दै हिँड्दै गरेकी महिलामाथि दुर्व्यवहार भएको हो ।

सामाजिक सञ्जालमा आएको उक्त भिडियो वीरेन्द्रनगरस्थित सिटी बसपार्क नजिकको र खिचिएको भनिएको छ । घटना मङ्गलवार साँझपखको भएको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट