Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

एकैदिन सुनको मूल्य ३ हजार ३ सयले रुपैयाँ घट्यो

एकैदिन सुनको मूल्य ३ हजार ३ सयले रुपैयाँ घट्यो

काठमाडौँ : नेपाली बजारमा बुधबार सुन र चाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरण अनुसार आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३ हजार ३ सय रुपैयाँले घटेको हो । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९२ हजार रुपैयाँ कायम गरिएको छ । अघिल्लो दिन सुन प्रतितोला २ लाख ९५ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । 

त्यसैगरी, आज १० ग्राम सुनको मूल्य २ लाख ५० हजार ३ सय ४० रुपैयाँ तोकिएको छ । जुन अघिल्लो दिन २ लाख ५३ हजार १ सय ७० रुपैयाँ रहेको थियो । सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको महासंघले जनाएको छ । आज चाँदी प्रतितोला १ सय २५ रुपैयाँले घटेर ४ हजार ९ सय ६० रुपैयाँमा झरेको छ । हिजो चाँदीको मूल्य प्रतितोला ५ हजार ८५ रुपैयाँ रहेको थियो । त्यस्तै, आज १० ग्राम चाँदीको मूल्य ४ हजार २ सय ५० रुपैयाँ कायम भएको छ । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट