Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

पर्चा देखाएर सदनमा प्रदर्शन गर्न कानुन र नियमावलीअनुसार मिल्दैन : सभामुख

पर्चा देखाएर सदनमा प्रदर्शन गर्न कानुन र नियमावलीअनुसार मिल्दैन : सभामुख

काठमाडौँ : सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा बैठकमा पर्चा देखाएर प्रदर्शन गर्न कानुन र नियमावलीअनुसार नमिल्ने बताएका छन् ।

श्रम संस्कृति पार्टीका सांसदहरूले सोमबार आफ्ना अगाडि आएर पर्चा लिएर प्रदर्शन गरेपछि सभामुख अर्यालले कानुन नियमावलीले सदनमा पर्चा देखाउने व्यवस्था नगरेको प्रस्ट पारे । सभामुख अर्यालले भने, ‘विरोध गर्ने विभिन्न शैली हुन्छन् । मर्यादामा बसेर विरोध गर्न आदेश दिन्छु । अब गर्दा मर्यादामा बसेर विरोध गर्नुहोला ।’

‘प्रधानमन्त्री संसदप्रति जवाफदेही बन्नै पर्छ’ लेखिएको पर्चा श्रम संस्कृति पार्टीका सांसदहरूले सदनमा प्रदर्शन गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट