Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

खरकट्टा जंगल क्षेत्रमा कार दुर्घटना हुँदा चालकको मृत्यु

खरकट्टा जंगल क्षेत्रमा कार दुर्घटना हुँदा चालकको मृत्यु

नवलपुर : पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को कावासोती नगरपालिका–८ स्थित खरकट्टा जंगल क्षेत्रमा आज भएको कार दुर्घटनामा चालकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको लु १ च ३५२३ नम्बरको कार दिउँसो करिब २ः१५ बजे अनियन्त्रित भई पल्टिएको थियो । दुर्घटनामा परी कार चालक महोत्तरीको मतिहानी नगरपालिका–३ निवासी ६० वर्षीय श्रीनारायण यादव गम्भीर घाइते भएका थिए ।

घाइते यादवलाई उपचारका लागि मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डा लगिएकोमा उपचारकै क्रममा दिउँसो ३ः१५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा उनको शरीरको भित्री भागमा गम्भीर चोट लागेको थियो ।

मृतकको शव हाल सोही अस्पतालमा राखिएको छ । घटनास्थलमा प्रहरी नायब निरीक्षक रुकमागत न्यौपानेको कमाण्डमा ५ जनाको टोली खटिएको थियो । दुर्घटनाग्रस्त कार जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट