Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

नेपाललाई सहयोग गर्न विश्व समुदायसँग परराष्ट्रमन्त्रीको आग्रह

नेपाललाई सहयोग गर्न विश्व समुदायसँग परराष्ट्रमन्त्रीको आग्रह

काठमाडौँ  : परराष्ट्रमन्त्री शिशिर खनालले विश्वव्यापी ऊर्जा र आपूर्ति प्रणालीमा आउने अवरोधले गर्दा गरिबी निवारण तथा दिगो विकास लक्ष्य हासिल गर्नमा गम्भीर चुनौती खडा गरेको बताएका छन् ।

संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा आयोजित आर्थिक तथा सामाजिक परिषद्को विशेष बैठकलाई भर्चुअल रूपमा सम्बोधन गर्दै उनले आपसी मतभेदहरू समाधान गर्न, विश्वव्यापी शान्ति, स्थिरता तथा शान्तिपूर्ण सहअस्तित्व सुनिश्चित गर्न कूटनीति संवादको अपरिहार्यता रहेको बताए । संयुक्त राष्ट्रसंघको बडापत्र लगायत अन्तर्राष्ट्रिय कानुनमा आधारित बहुपक्षीयता र विश्वव्यापी सहयोगलाई बलियो बनाउन आवश्यक रहेको उनले बताए ।

सम्बोधनका क्रममा मन्त्री खनालले जलवायु परिवर्तन र भू–राजनीतिक संकटका कारण सबैभन्दा बढी जोखिममा परेका देशहरू खासगरी नेपाल जस्ता अल्पविकसित र भूपरिवेष्टित विकासोन्मुख राष्ट्रलाई विशेष सहयोग गर्न उनले विश्व समुदायसँग आग्रह गरे । उत्थानशील पूर्वाधार, नवीकरणीय ऊर्जा, र दिगो आपूर्ति प्रणालीमा लगानी व्यापक रूपमा बढाउनुपर्ने तथा प्रविधि र प्राविधिक नवप्रवर्तनमा पहुँच पुर्‍याउनुपर्नेमा उनले जोड दिए । 

यसका साथै कमजोर अर्थतन्त्र भएका देशहरूका लागि सहुलियतपूर्ण वित्तीय सहायता, आपत्कालीन सहायता तथा ऋण राहतका उपायहरू तत्काल सुनिश्चित गर्न उनले आग्रह गरे । परराष्ट्रमन्त्री खनालको यस सम्बोधनले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको कूटनीतिक अडान र विश्वव्यापी आर्थिक न्यायका लागि आवाजलाई थप बलियो बनाएको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट