Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

भरतपुरको अटो ग्यारेजमा युवकको हत्या, दुई जना पक्राउ

भरतपुरको अटो ग्यारेजमा युवकको हत्या, दुई जना पक्राउ

भरतपुर : चितवनको भरतपुर महानगरपालिका–७ बुद्धचोकस्थित अटो ग्यारेजमा कार्यरत युवकको हत्या प्रकरणमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी office चितवनका अनुसार रूपन्देहीको सैनामैना नगरपालिका–६ निवासी ३० वर्षीय आशिष खनालमाथि गत असोज २२ गते राति करिब ११:३० बजे धारिलो हतियार प्रहार भएको थियो। गम्भीर घाइते भएका खनाललाई उपचारका लागि तत्काल भरतपुर अस्पताल लगिएको भए पनि उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाको अनुसन्धानका क्रममा प्रहरीले नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) गैंडाकोट नगरपालिका–१७ निवासी २७ वर्षीय कृष्णबहादुर खड्का र स्याङ्जा स्थायी घर भई हाल पोखरा महानगरपालिका–१५ बस्दै आएका २८ वर्षीय सम्राट गुरुङलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार घटनापछि फरार रहेका उनीहरूलाई कास्कीको पोखरा महानगरपालिका–८ स्थित एक होटलबाट पक्राउ गरिएको हो। पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट