Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

सार्वजनिक शान्तिमा खलल पुर्‍याउने ११ जना पक्राउ

सार्वजनिक शान्तिमा खलल पुर्‍याउने ११ जना पक्राउ

रुपन्देही  : जिल्ला प्रहरी कार्यालय रूपन्देहीले सार्वजनिक शान्ति सुव्यवस्थामा खलल पुर्‍याएको आरोपमा ११ जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय तथा मातहतका कार्यालयहरूबाट खटिएको प्रहरी टोलीले रुपन्देहीका विभिन्न स्थानमा ‘स्वीप अपरेसन’ चलाउने क्रममा उनीहरूलाई समातेको हो। 

प्रहरीले ती व्यक्तिहरूको साथबाट मोडिफाई गरिएका मोटरसाइकलहरू समेत बरामद गरेको छ।पक्राउ पर्नेहरूमा रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. ८ बाँसगढीका बिपिन परियार र सम्मरीमाई गाउँपालिका वडा नं. ६ नगौलियाका कृष्ण गुप्ता रहेका छन्। सोही गाउँपालिकाको नगौलिया बस्ने कुसदेव यादव र पवन गुप्तालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा भारतीय नागरिक सुदिप कुर्मी पनि छन् जो भारतको महाराजगञ्ज जिल्ला थाना नवतुना अड्डाबजारका बासिन्दा हुन्।यसैगरी सिद्धार्थनगर नगरपालिकाका विभिन्न वडाबाट पनि प्रहरीले युवाहरूलाई नियन्त्रणमा लिएको छ। सिद्धार्थनगर वडा नं. ९ का दिलिप कुर्मी, रोजन बोहोरा क्षेत्री र विजय राजभर तथा वडा नं. १२ का प्रतियुष बस्याल र वडा नं. ६ का सुमिद्र राणा पक्राउ परेका हुन्। रूपन्देहीकै मायादेवी गाउँपालिका वडा नं. ८ का आयुथ पौडेललाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी कृष्ण कुमार चन्दले नियन्त्रणमा लिइएका व्यक्तिहरूका बारेमा थप अनुसन्धान कार्य जारी रहेको जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट