Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

रास्वपाद्धारा १५ जना नेता कार्यकर्ताको सदस्यता खारेज

रास्वपाद्धारा १५ जना नेता कार्यकर्ताको सदस्यता खारेज

काठमाडौँ : सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १५ जना सदस्यहरूलाई कारबाही गरेको छआइतवार बसेको केन्द्रीय सचिवालय बैठकले पार्टी हितविपरीत काम गरेको भन्दै १५ जना सदस्यको सदस्यता खारेजी गर्ने निर्णय गरेको हो।

यसैगरी पार्टीको बारा जिल्ला समितिसमेत विघटन गरिएको छ। रास्वपाले वडा तहदेखि भेला गर्न मिति तय गरेको छ।पार्टी केन्द्रीय समितिको आगामी बैठक २०८३ वैशाख ३० गते आयोजना गर्ने जारी विज्ञप्तिमा जनाइएको छ।


बैठकका निर्णयहरू:—

१. भेला तथा अधिवेशन विशेष तालिका स्वीकृत गर्ने निर्णय गरियो।
२०८३ जेठ २: वडा भेला (समिति गठन नभएका वडाहरूमा)
जेठ ३: वडा अधिवेशन (वैशाख २० अगावै समिति गठन भएका वडा)
जेठ ९: पालिका भेला (समिति गठन नभएका पालिकाहरूमा)
जेठ १०: पालिका अधिवेशन (वैशाख २५ अगावै समिति गठन भएका पालिका)
जेठ १६: वडा अधिवेशन (जेठ ३ अगाडि गठन भएका बाँकी वडा)
जेठ १७: पालिका अधिवेशन (जेठ १० अगाडि समिति गठन भएका बाँकी पालिका)

जेठ २३ र २४: जिल्ला अधिवेशन

२. विभिन्न तह, विभागबाट भएको सिफारिसको आधारमा तपसिल बमोजिम मनोनीत गर्ने।

क. र्‍यापिड रेस्पोन्स टिम समन्वय विभाग प्रमुख वैकुण्ठ थापा (आशिष) र उपप्रमुख विदुर खड्का (पूर्व एपीएफ डिआइजी)।

ख. स्टार्टअप विभाग प्रमुख डा. प्रभात अधिकारी, सचिव हरि जोशी।
ग. शिक्षा विभाग प्रमुख मिलन पाण्डे।
घ. कर्णाली प्रदेश सहममन्त्री राजबहादुर शाह र अविसरा सुवेदी

ङ. केन्द्रीय संगठन विभाग सदस्य गोपाल प्याकुरेल (कर्णाली)।
च. कञ्चनपुर जिल्ला सभापति पदम बिष्ट।

३. प्रदेश समितिको सिफारिसको आधारमा बारा जिल्ला समिति विघटन गर्ने। जिल्ला अधिवेशनको तयारी गर्ने।
४. पार्टी हितविपरीत कार्य गरेका विभिन्न जिल्लाका १५ जना सदस्यहरूको सदस्यता खारेजी गर्ने निर्णय गरियो।
५. पार्टी केन्द्रीय समितिको आगामी बैठक २०८३ वैशाख ३० गते आयोजना गर्ने।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट