Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

ओभरटेक गर्ने क्रममा बस दुर्घटना, चालकसहित १७ जना घाइते

ओभरटेक गर्ने क्रममा बस दुर्घटना, चालकसहित १७ जना घाइते

धनुषा : धनुषाको मिथिला नगरपालिकामा एक यात्रुवाहक बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन्। पूर्व–पश्चिम सडक खण्ड अन्तर्गत मिथिला नगरपालिका–०९, फुटबल ग्राउण्ड नजिकै उक्त दुर्घटना भएको हो।

काठमाडौँबाट विराटनगरतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ५२३७ नम्बरको बस अर्को बसलाई उछिन्ने (ओभरटेक गर्ने) क्रममा अनियन्त्रित भई सडकमै पल्टिएको प्रहरीले जनाएको छ।बसमा कुल ३३ जना यात्रु सवार थिए। दुर्घटनामा परी चालकसहित १७ जना घाइते भएका छन्। घाइतेहरूको अहिले धनुषाकै लालगढस्थित मोडल अस्पतालमा उपचार भइरहेको छ। 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट