Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

जुम्लामा जबरजस्ती करणी आरोपमा वडाध्यक्ष नै पक्राउ

जुम्लामा जबरजस्ती करणी आरोपमा वडाध्यक्ष नै पक्राउ

सुर्खेत : जुम्लामा जबरजस्ती करणी आरोपमा वडाध्यक्ष पक्राउ परेका छन् । पक्राउ पर्नेमा पातारासी गाउँपालिका—५, का वडाध्यक्ष दत्तबहादुर बुढा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक रबिनबाबु रेग्मीका अनुसार, बुधबार एक २६ वर्षीया महिलाको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको हो ।

‘घटनाबारे थप अनुसन्धान हुँदै छ,’ उनले  भने, ‘महिला अविवाहित हुन् भने वडाध्यक्ष विवाहित हुन् ।’अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको उनको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट