Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

चितवनमा चक्कु प्रहारबाट युवकको मृत्यु

चितवनमा चक्कु प्रहारबाट युवकको मृत्यु

चितवन :   भरतपुर महानगरपालिका–७, बुद्धचोकमा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ।

मंगलबार राति करिब ११ः५० बजे अज्ञात व्यक्तिले स्थानीय एक अटो पसलमा कार्यरत ३० वर्षीय आशिष खनालमाथि धारिलो हतियार (चक्कु) प्रहार गरेको प्रहरीले जनाएको छ।

गम्भीर घाइते भएका खनाललाई तत्काल उपचारका लागि भरतपुर अस्पताल लगिएको थियो। अस्पतालमा उपचारकै क्रममा राति १२ः२० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

घटनाबारे जानकारी पाएलगत्तै अस्थायी प्रहरी पोस्ट कृष्णपुरबाट प्रहरी सहायक निरीक्षक अनिल कुमार झाको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो।

प्रहरीका अनुसार आक्रमणकारी घटनापछि मोटरसाइकलमा फरार भएका छन्। फरार अभियुक्तको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij