Logo

Oct 08 2026 | २०८३, आश्विन २२गते

पहिरोले स्काभेटर पुरिँदा चालकको मृत्यु

पहिरोले स्काभेटर पुरिँदा चालकको मृत्यु

काठमाडौँ  : काभ्रेपलाञ्चोकको चौरी देउराली गाउँपालिकामा पहिरोले स्काभेटर पुरिँदा चालकको मृत्यु भएको छ। चौंरीदेउराली गाउँपालिका वडा नम्बर–७ स्थित टाडिगाउँमा पहिरो खसेर मंगलबार बा.२ क २७९२ नम्बरको स्काभेटर पुरिएको हो।

दुर्घटनामा परेर स्काभेटर चालक रौतहटको पौराही गाउँपालिका–३ घर भएका ४१ वर्षीय दिलिप स्मालीको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। 

मध्यपहाडी लोकमार्गको सड्क बढाउन ट्रयाक खन्ने क्रममा सड्क माथिबाट ढुङ्गासहितको ढिस्को खसेर स्काभेटर पुरिएको हो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट