Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

भरतपुरस्थित वीरेन्द्र बहुमुखी क्याम्पस मा प्राथमिक उपचार सम्बन्धी अभिमुखिकरण

भरतपुरस्थित वीरेन्द्र बहुमुखी क्याम्पस मा प्राथमिक उपचार सम्बन्धी अभिमुखिकरण

भरतपुर : वीरेन्द्र बहुमुखी क्याम्पस मा “प्राथमिक उपचार अभिमुखिकरण कार्यक्रम” सम्पन्न भएको छ। नेपाल रेडक्रस सोसाइटी अन्तर्गत युवा रेडक्रस सर्कल वीरेन्द्रको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा जिल्ला रेडक्रस सोसाइटी चितवनका सभापति हरि प्रसाद पौडेल प्रमुख अतिथि रहनुभएको थियो। त्यस्तै सहायक क्याम्पस प्रमुख भोजराज गौली र रेडक्रस जिल्ला शाखाका उपमन्त्री महेश्वर थपलिया विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।

कार्यक्रममा विद्यार्थी कल्याण प्रमुख देवि प्रसाद पौडेल, सहायक क्याम्पस प्रमुख टिकाराम रिजाल, रेडक्रस जिल्ला कार्यसमिति सदस्य रुद्र अधिकारी, युवा रेडक्रस सर्कलका निवर्तमान सभापति आयुष पौडेल, एम्मुनाइ एसोसिएसन महासचिव बामदेव घिमिरे, विरेन्द्र खेलकुद समितिका अध्यक्ष सुदर्शन कुमार श्रेष्ठ, एकेडेमी सर्कलका सचिव दर्शन भण्डारी, नेविसंघ एकाइ सभापति ग्यान प्रसाद पराजुली, अनेरास्ववियु क्याम्पस कमिटी संयोजक अरबिन्द ढुंगाना तथा सहजकर्ता निखिल काफ्ले लगायतको सहभागिता रहेको थियो।

कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई प्राथमिक उपचारसम्बन्धी आधारभूत सीप, आपतकालीन अवस्थामा अपनाउनुपर्ने विधि तथा सचेतनाका विषयमा प्रशिक्षण दिइएको थियो।

प्रमुख अतिथि पौडेलले यस्ता तालिमले युवाहरूलाई मानवीय सेवामा प्रेरित गर्ने र आपतकालीन अवस्थामा तुरुन्त प्रतिक्रिया दिन सक्षम बनाउने बताउनुभयो। उहाँले रेडक्रसका सिद्धान्तअनुसार मानवताको सेवामा अग्रसर रहन आग्रह गर्नुभयो। कार्यक्रमको समापन गर्दै सर्कलका अध्यक्ष बिनय आचार्यले सिकाइलाई व्यवहारमा उतार्न आवश्यक रहेको उल्लेख गर्नुभयो। उहाँले यस्ता कार्यक्रमले विद्यार्थीहरूमा सेवा भावना र जिम्मेवारी बोध अझ बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट