ललितपुर : नेपाली कांग्रेसले आफ्नो केन्द्रीय कार्यसम्पादन समितिको बैठक वैशाख २१ गतेका लागि आह्वान गरेको छ । ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय, बीपी स्मृति सानेपामा भवनमा दिउँसो १ बजे बैठक बस्ने जनाइएको छ । पार्टीका कावा मुख्य सचिव कृष्णप्रसाद दुलालले आज एक सूचना जारी गर्दै सो जानकारी गराएका हुन् । जारी सूचनाअनुसार, केन्द्रीय कार्यसम्पादन समितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई उक्त बैठकमा उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको छ ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij