Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

पोखराको पुम्दीभुम्दीमा जिप दुर्घटना, ५ घाइते

पोखराको पुम्दीभुम्दीमा जिप दुर्घटना, ५ घाइते

पोखरा : पोखराको पुम्दीभुम्दीमा जिप दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । खाडेखोला नजिकै जिप दुर्घटना हुँदा कुलपुजामा जाँदै गरेका घाइते भएका हुन् । 

उनीहरू बेगनासवाट सेतिदोभानतर्फ कुल पूजामा जाँदै थिए । बीएए ७८९९ नम्बरको जिप सडकमा पल्टिएको कास्की प्रहरीले जनाएका छन् । 

सबैको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । घाइतेहरूको पहिचान खुल्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट