Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

बुद्धका आदर्श व्यवहारमा लागु गर्न आवश्यक छ : प्रचण्ड

बुद्धका आदर्श व्यवहारमा लागु गर्न आवश्यक छ : प्रचण्ड

काठमाडौँ : नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले गौतम बुद्धका आदर्शहरूलाई व्यवहारमा लागु गर्नु आजको आवश्यकता भएको बताएका छन् ।  बुद्धजयन्तीको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रचण्डले सामाजिक न्याय, साँस्कृतिक विविधताको सम्मान, समानता र सहअस्तित्वमा आधारित समाज निर्माणमार्फत् मात्र शान्त र समुन्नत नेपाल निर्माण सम्भव भएको स्पष्ट पारेका छन् । 

‘बुद्धले प्रतिपादन गर्नुभएको शान्ति, अहिंसा, करुणा र मध्यम मार्गको सन्देश आजको विश्व र नेपालको सन्दर्भमा अत्यन्त सान्दर्भिक छ। विभेद, असमानता र अन्याय कायम रहँदासम्म न स्थायित्व सम्भव छ, न समृद्धि नै। त्यसैले बुद्धका आदर्शहरूलाई केवल श्रद्धामा सीमित नराखी व्यवहारमा लागू गर्नु आजको आवश्यकता हो । सामाजिक न्याय, सांस्कृतिक विविधताको सम्मान, समानता र सहअस्तित्वमा आधारित समाज निर्माणमार्फत मात्र शान्त र समुन्नत नेपाल निर्माण सम्भव छ’, उनले भनेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट