Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

सुकुमबासीको विवरणबारे सेनाका प्रष्टीकरण : विपद् जोखिमको नक्साङ्कन गर्न विवरण मागेको दाबी

सुकुमबासीको विवरणबारे सेनाका प्रष्टीकरण : विपद् जोखिमको नक्साङ्कन गर्न विवरण मागेको दाबी

काठमाडौँ : सुकुमबासीको विवरण मागेर स्थानीय निकायलाई पत्राचार गरेको बारेमा सेनाले आफ्नो प्रष्टीकरण सार्वजनिक गरेको छ ।

मनसुनको समयमा हुनसक्ने सम्भावित विपद्का घटनामा सुरक्षा फौज तैनाथ भएर उद्धार र राहत वितरण तथा पुनर्स्थापनाको कामलाई सहज बनाउन विवरण माग गरिएको सेनाले जिकिर गरेको छ ।

जनसम्पर्क तथा सूचना निर्देशनालयले विज्ञप्ति जारी गरेर भनेको छ-‘राहत, उद्धार र पुनर्स्थापनालाई सहज बनाउने उद्देश्यका साथ सम्भावित जोखिम नक्साङ्कन गर्न तथ्याङ्क अद्यावधिक गर्ने काम गरिएको सवैमा जानकारी गराउँछौँ ।’

विगतका वर्षहरूमा भएका विपद्का घटनालाई मध्यनजर राखेर बाढी, पहिरो र नदी कटानबाट हुनसक्ने जोखिमलाई दृष्टिगत गरेर मानवीय र भौतिक क्षति न्यूनीकरणका लागी विपद् पूर्व तयारीको योजना बनाउने काम भइरहेको सेनाले जनाएको छ । सेनाले भनेको छ, ‘जोखिमलाई दृष्टिगत गरी सरोकारवाल निकायसँग समन्वय र सहकार्य गर्दै मानवीय र भौतिक क्षति न्यूनीकरणका लागी विपद् पूर्व तयारीको योजना गर्दै आएको ।’ 

सेनाले बर्दिया र उदयपुर लगायतका जिल्लामा सुकुम्बासीको विवरण मागेको पत्र सार्वजनिक भएपछि त्यसबारे सामाजिक सञ्जालमा आलोचना भइरहेको छ ।

679715556_4386265048304152_6016038554488321875_n

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट