Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित सार्वजनिक जग्गा खाली गर्न १५ दिने अल्टिमेटम

चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित सार्वजनिक जग्गा खाली गर्न १५ दिने अल्टिमेटम

 

चितवन :  चितवन राष्ट्रिय निकुञ्जले निकुञ्जले निकुञ्ज क्षेत्र आसपासको अतिक्रमित सार्वजनिक जग्गा खाली गर्न १५ दिने सूचना जारी गरेको छ ।निकुञ्ज कार्यालयले मध्यवर्ती वन क्षेत्र, मध्यवर्ती सामुदायिक वन, कबुलियती वन, मध्यवर्ती क्षेत्रभित्र पर्ने सडक, खोला तथा नदी किनाराको वन क्षेत्रमा अनाधिकृत रूपमा अतिक्रमण गरेर बनेका संरचना १५ दिन भित्र हटाउन आग्रह गरेको हो ।

निकुञ्जले मंगलबार एक सूचना जारी गर्दै निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा पर्ने सार्वजनिक जग्गामा स्थायी एवम् अस्थायी प्रकृतिका छाप्रो, घरटहरा, पिकनिक स्पट, मचान लगायतका संरचना हटाउन आग्रह गरेको छ ।

निकुञ्जले आफ्नो हक नपुग्ने कुनै भूभाग नियन्त्रण गर्न वा रुख काट्न, वन फाँड्न वा वन क्षेत्र आवाद गर्न नपाइने र त्यस्तो कुनै काम गरेमा कसुर गरेको मानिने कानुनी व्यवस्था मध्यवर्ती क्षेत्र व्यवस्थापन नियमावली, २०५२ को नियम १७ –क० मा व्यवस्था रहेका उल्लेख गर्दै निकुञ्जले अतिक्रमण गरी बनाइएका यस्ता संरचना हटाउन भनेको छ ।

तोकिएको समय सिमाभित्र खाली नगरी अटेर गरेमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा २६ को उपदफा ६ बमोजिम बिगो कायम भएमा बिगोको दोब्बर जरिवाना र एकपर्ष सम्म कैद र विगो कायम नभएको कसुरमा कसुरको मात्रा हेरी २० हजार रुपैंयासम्म जरिवाना वा ६ महिना सम्म कैद वा दुवै सजाय हुने समेत दुवै हुने व्यवस्था निकुञ्जले सम्भाएको छ ।

निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा विभिन्न संघसंस्था तथा व्यक्तिहरूले संरचना बनाएर उपभोग गर्दै आएका छन् । विगतमा निकुञ्जले पटकपटक हटाउने प्रयास गरे पनि हटाउन सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट