Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन सीआईबीलाई सर्वोच्चको आदेश

गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन सीआईबीलाई सर्वोच्चको आदेश

काठमाडौँ : नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छा लाई पक्राउ गरेर थुनामा राखिएको विषयमा सर्वोच्च अदालत ले २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको छ।

अदालतले नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई पक्राउको कारणसहित लिखित जवाफ पेश गर्न पनि निर्देशन दिएको हो। गोल्छाको तर्फबाट उनकी पत्नी सीमा गोल्छा ले सोमबार बन्दीप्रत्यक्षीकरण रिट दायर गरेकी थिइन्। मंगलबार भएको सुनुवाइपछि न्यायाधीश नृपध्वज निरौला को एकल इजलासले उक्त आदेश जारी गरेको हो।

यसअघि काठमाडौं जिल्ला अदालत का न्यायाधीश दण्डपाणि लामिछाने ले गोल्छालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएका थिए। उनलाई वैशाख १० गते सीआईबीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइरहेको छ।

गोल्छाको नाम नेपाल धितोपत्र बोर्ड (सेबोन) ले तयार पारेको ‘दीपक भट्टले गरेको धितोपत्र कारोबारसम्बन्धी प्रारम्भिक जाँचबुझ सुपरिवेक्षण प्रतिवेदन, २०८३’ मा मुछिएको आधारमा पक्राउ गरिएको सीआईबीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij