Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

नवलपुरमा दुर्घटना : एक जनाको मृत्यु, चार घाइते

नवलपुरमा दुर्घटना : एक जनाको मृत्यु, चार घाइते

नवलपुर : नवलपुरमा गएराति भएका दुई छुट्टाछुट्टै दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एकै परिवारका तीनसहित चार जना घाइते भएका छन्। जिल्लाको बौदीकाली गाउँपालिका–२ भोलाड चोकस्थित कालिगण्डकी करिडोरमा गएराति ट्याक्टर र मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु भएको छ। 

खर्साङबाट भोलाडतर्फ जादै गरेको ग १ त ६८२७ नम्बरको ट्याक्टर र बिपरित दिशामा गुडिरहेको ग २३ प २२३४ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकल चालक सोही ठाउँका ३३ वर्षीय रमेश खनालको उपचारको क्रममा रामपुर अस्पताल पाल्पामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक अलिन पण्डितले जानकारी दिए।

मोटरसाइकल पछाडि सवार घाइते उहाँका बुवा ६० वर्षीय पुष्पराज खनालको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको पण्डितले जानकारी दिए।  दुबै सवारी साधन र ट्याक्टर चालक स्थानीय १९ वर्षीय बसन्त नेपालीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

यस्तै मध्यविन्दु नगरपालिका–१ ध्वजमान चोकमा कोल्हुवाबाट डण्डा तर्फ जाँदै गरेको लु २ ख ५०२४ नम्बरको तेल बोक्ने ट्याङ्करले बिपरित दिशाबाट गुडिरहेको स ६ प ७२०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा तीन जना घाइते भएका छन्।

दुर्घटनामा मोटरसाइकल चालक सप्तरीको सुरुङ्गा नगरपालिका–४ का स्थायी घर भइ प्रदेश जनस्वास्थ्य कार्यालय नवलपुरमा ल्याव असिस्टेन्टको रुपमा कायृरत ३६ वर्षीय खरेल प्रसाद चौधरी, उनकी श्रीमती ३४ वर्षीय निशा चौधरी र ६ वर्षकी छोरी निकी चौधरी घाइते भएको जिल्ला प्रहरी नायव उपरीक्षक पण्डितले जानकारी दिए। 

उनीहरुको नयाँ मेडिकल कलेज चितवनमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुबै सवारी सधान र ट्याङकर चालक मध्यबिन्दु नगरपालिका–२ का ३३ वर्षीय दिनानाथ महतो थारुलाई नियन्त्रणमा अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट