Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

२७ परिवारका ८९ जनालाई सुन्दरीघाटस्थित राधास्वामी सत्संगमा लगियो

२७ परिवारका ८९ जनालाई सुन्दरीघाटस्थित राधास्वामी सत्संगमा लगियो

काठमाडौँ : सरकारले शनिबार काठमाडौँका थापाथली र गैह्रीगाउँस्थित दुई सुकुमबासी बस्तीमा डोजर चलाएर खाली गराएको छ ।

महानगरपालिकाले प्रहरीको सहयोगमा बस्ती भत्काएपछि त्यहाँका २७ परिवारका ८९ जनालाई अस्थायी शिविरमा स्थानान्तरण गरिएको जनाएको छ । 

सुरुमा शनिबार बिहान थापाथलीमा डोजर तथा स्काभेटर चलाएर बस्ती खाली गराइएको थियो । त्यसपछि प्रहरी तथा काठमाडौँ महानगरको टोली गैह्रीगाउँस्थित सुकुमबासी बस्ती भत्काउन पुगेको थियो, जहाँ अहिले पनि बस्ती खाली गराउने काम जारी छ । 

डोजर चलाएर घरटहरा भत्काइएपछि दुवै स्थानमा रहेका सुकुमबासीलाई अन्यत्र स्थानान्तरण गर्ने काम भइरहेको छ । महानगरका अनुसार थापाथली र गैह्रीगाउँ दुवै स्थानका हालसम्म २७ परिवारका ८९ जनालाई सुन्दरीघाट राधास्वामी सत्संग आश्रममा पुर्‍याइएको छ । 

अव्यवस्थित बस्तीहरूबाट भूमिहीन र घरवारविहीन भएकाहरूलाई भने दशरथ रंगशाला ल्याएर स्क्रिनिङ्ग काम भइरहेको छ । सरकारले सुकुमबासीहरूका लागि काठमाडौँका पाँच ठाउँमा अस्थायी बसोबासको व्यवस्था मिलाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट