Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

घामबाट धापिएर आउनेबित्तिकै नुहाउने बानी छ ?

घामबाट धापिएर आउनेबित्तिकै नुहाउने बानी छ ?

काठमाडौँ :  गर्मीमा चर्को घाम पसिना र लूबाट बच्न गाह्रो हुन्छ ।

तर काम परेपछि जत्तिसुकै गर्मी किन नहोस् घरबाट निस्कनुपर्छ । पसिनाले भिजेपछि हाम्रो दिमागमा आउने पहिलो कुरा घर पुगेपछि तुरुन्तै नुहाउँछु भन्ने हो । तर घामबाट धापिएर आउनेबित्तिकै तुरुन्तै नुहाउनु ठीक हुन्छ त ?

शरीरको तापक्रम बिग्रन सक्छः घामबाट आउनेबित्तिकै तुरुन्तै चिसो पानीले नुहाउनुभयो भने तपाईंको शरीरको तापक्रम द्रुत गतिमा घट्न सक्छ, जसले गर्दा चक्कर लाग्ने, थकान वा कमजोरी हुन सक्छ । 

रक्तसञ्चार प्रभावित हुन सक्छः चर्को घामबाट घर फर्किनेबित्तिकै नुहाउँदा रक्तनलीहरू द्रुत गतिमा खुम्चिन सक्छन् । अचानक हुने यस्तो परिवर्तनले रक्तसञ्चारलाई असर गर्न सक्छ, जसले गर्दा टाउको दुख्ने, चक्कर लाग्ने वा अस्वस्थ रक्त प्रवाह हुन सक्छ । 

मुटुको धड्कन बिग्रन सक्छः मुटुसँग सम्बन्धित समस्या वा अनियमित रक्तचाप भएकाहरूका लागि, घाम तापेपछि तुरुन्तै चिसो पानीले नुहाउनु जोखिमपूर्ण हुन सक्छ । तापक्रममा ठूलो भिन्नताले मुटुको धड्कनमा तनाव दिन सक्छ । 

कति समयपछि नुहाउनु पर्छ ? 

घाम धापिएर घर आएपछि कम्तीमा १५ देखि २० मिनेटसम्म शरीरलाई आराम गर्न, सेलाउन दिनु फाइदाजनक हुन्छ । यस समयमा शरीरको तापक्रम सामान्य स्तरमा फर्कन्छ र पसिना आउन रोकिन्छ । गर्मीमा बाहिरबाट घर छिरेपछि कम्तीमा एकछिन पर्खिएर नुहाउनु सुरक्षित मान्न सकिन्छ । 

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट