Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

प्रतिनिधि सभामा अब फोटो खिच्नदेखि अडियो, भिडियो रेकर्ड गर्न नपाइने

प्रतिनिधि सभामा अब फोटो खिच्नदेखि अडियो, भिडियो रेकर्ड गर्न नपाइने

काठमाडौँ : प्रतिनिधि सभाको बैठकमा अबदेखि फोटो खिच्न तथा अडियो र भिडियो रेकर्ड गर्न नपाइने भएको छ । प्रतिनिधि सभा कार्यसञ्चालन नियमावलीको मस्यौदामा यस्ताे व्यवस्था गरिएको हो ।

नियमावलीको नियम २० मा यो व्यवस्था गरिएको छ । सो नियमको बैठकमा पालन गर्नुपर्ने नियम शीर्षकको उपनियम (ट)मा लेखिएको छ, ‘बैठक कक्षमा फोन साइलेन्ट अवस्थामा राख्नुपर्ने, फोनमा कुरा गर्न, फोटो खिच्ने तथा अडियो र भिडियो रेकर्ड गर्न नहुने ।’यसअघिको कार्यसञ्चालन नियमावलीमा यो व्यवस्था थिएन।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट