काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्रीमा भूपदेव शाह चयन भएका छन् । सोमबार बसेको केन्द्रीय समिति बैठकले अछामका शाहलाई महामन्त्रीमा मनोनीत गर्ने निर्णय गरेको हो।
रास्वपामा दुई जना महामन्त्री यसअघि नै छन्। कविन्द्र बुर्लाकोटी र सुनील लम्साल यसअघि महामन्त्री रहेकामा अब शाह पनि थपिएका हुन् । आजको बैठकले सचिवालय सदस्यमा सागर ढकाल र सरिताश्री ज्ञवालीलाई मनोनीत गर्ने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij