Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

लुम्बिनी प्रदेशसभाको बैठक बस्दै

लुम्बिनी प्रदेशसभाको बैठक बस्दै

घोराही : लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत तेह्रौँ बैठक सोमबार दिउँसो १ः०० बजे बस्ने भएको छ।

प्रदेशसभा सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार बैठकमा सर्वप्रथम प्रदेशसभा सदस्यहरुले समसामयिक विषयमा विशेष समयमा आफ्ना धारणा राख्ने कार्यक्रम रहेको छ।

त्यसैगरी, सामाजिक विकास समितिका सभापति यमबहादुर नेपाली सार्कीले दलितको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि समितिको प्रतिवेदन सभामा पेस गर्ने कार्यसूची रहेको छ।

यस्तै, कृषि, वन तथा वातावरण समितिका सभापति विश्वप्रेम पाठकले समितिको वार्षिक प्रतिवेदन सभामा पेस गर्ने कार्यक्रम तय गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट