Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

श्रम संस्कृति पार्टी विज्ञहरूसँगको छलफलमा

श्रम संस्कृति पार्टी विज्ञहरूसँगको छलफलमा

काठमाडौं : श्रम संस्कृति पार्टीले विज्ञहरुसँगको सामूहिक छलफल सुरु गरेको छ । संघीय संसद्मामा पहिलो पटक सहभागी भएको प्रतिपक्ष दलले आज ललितपुरमा विज्ञहरुसँगको छलफल सुरु गरेको हो ।

श्रम संस्कृति र प्रविधिको समान उपयोग गरेर अघि बढ्ने संकल्प लिएको भनिएको सो पार्टीले पार्टीले आगामी दिनमा खेल्ने भूमिकालाई प्रभावकारी बनाउन विज्ञहरुसँगको छलफल सुरु गरेको बताइएको छ ।

छलफलमा पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता हर्कराज राईसहित डा.सुन्दरमणि दीक्षित, डा.राजाराम सुवेदी, प्रो.डा. राजकुमार पोखरेल,डा.टिकाराम गौतम, डा.केशवमान शाक्य, डा.लाल रापचा, डा. विजयप्रसाद मिश्रसहित पार्टीका नेताहरू सहभागी भएका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट