Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

हवाइ क्षेत्र आंशिक रूपमा खुल्ला गरिएकाे छ : इरानी उड्डयन प्राधिकरण

हवाइ क्षेत्र आंशिक रूपमा खुल्ला गरिएकाे छ : इरानी उड्डयन प्राधिकरण

तेहरान : इरानले आफ्नो आंशिक हवाई क्षेत्र र केही एयरपोर्टहरू शनिबारदेखि आंशिक रूपमा पुनः खोलेको इरानी नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

इरानको पूर्वी क्षेत्रको हवाई क्षेत्र, केही एयरपोर्टहरू र हवाई मार्गहरू अन्तर्राष्ट्रिय उडानहरूको लागि पुनः खोलिएको प्राधिकरणले विज्ञप्ति जारी गर्दै पुष्टि गरेको छ ।

देशको सैन्य र नागरिक अधिकारीहरूले प्राविधिक र परिचालन तयारी पूरा गरेपछि इरानी एयरपोर्टहरूमा उडान सञ्चालन बिस्तारै सामान्य हुन जनाइएको छ ।

गत फेब्रुअरी – २८ मा अमेरिका र इजरायलले संयुक्त आक्रमण गरेपछि इरानले आफ्नो हवाई क्षेत्र बन्द गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट