Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

सिरियामा अमेरिकी सैन्य उपस्थिति समाप्त, १२ वर्षको अन्त्य

सिरियामा अमेरिकी सैन्य उपस्थिति समाप्त, १२ वर्षको अन्त्य

काठमाडौँ : करिब १२ वर्ष लामो सैन्य उपस्थितिपछि अमेरिकी सेना सिरियाबाट पूर्ण रूपमा फिर्ता भएको छ। अप्रिल २०२६ मा हसाकास्थित कसराक एयरबेसबाट अन्तिम टोली बाहिरिएसँगै अमेरिकाले आफ्ना सबै सैन्य अड्डा खाली गरेको हो।

अमेरिकाले हसाका, रुमैलान र देइर एज–जोर क्षेत्रमा रहेका कम्तीमा सातवटा ठूला सैन्य क्याम्प बन्द गरेको जनाएको छ। कसराक एयरबेस अन्तिम बेसका रूपमा रहेको थियो, जुन अहिले सिरियाली सेनाको नियन्त्रणमा आएको छ।

सिरियाको विदेश मन्त्रालयले यस कदमलाई देशको एकता र सम्पूर्ण भूभागमा सरकारको नियन्त्रण कायम गर्ने दिशामा महत्वपूर्ण मोडको रूपमा व्याख्या गरेको छ। यता अमेरिकी सेन्ट्रल कमान्डका अनुसार करिब २ हजार अमेरिकी सैनिक जोर्डनतर्फ स्थानान्तरण भएका छन्।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट