Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

वीरेन्द्रनगरको मंगलगढी चोकमा पहिलो पटक आकाशे पुल बन्दै

वीरेन्द्रनगरको मंगलगढी चोकमा पहिलो पटक आकाशे पुल बन्दै

सुर्खेत : कर्णालीको राजधानी वीरेन्द्रनगरको मुख्य चोक मंगलगढीमा आकाशे पुल निर्माण हुँदै छ । वीरेन्द्रनगर नगरपालिकाले उक्त पुल निर्माण गरिरहेको हो ।

यात्रुको सहज यातायात र दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले आकाशे पुलको अवधारणा ल्याइएको वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख मोहनमाया ढकालले बताइन् । मंगलगढी वीरेन्द्रनगरको सबैभन्दा व्यस्त चोक हो । पछिल्लो समय सवारी साधनहरूको सङ्ख्या अत्यधिक बढेसँगै पैदल यात्रुहरूलाई ओहोर—दोहोर गर्न समस्या छ । साथै, पैदल यात्रुहरूले सडक पार गर्दा सवारी साधनहरूले ठक्कर दिने र दुर्घटना बढ्ने जोखिम बढेकाले नगरपालिकाले यो योजना अघि सारेको हो । उसो त प्रदेश सरकारले पनि अघिल्लो पटक आफ्नो नीति तथा कार्यक्रममा यो योजना राखेको थियो । 

तर, वीरेन्द्रनगर नगरपालिका आफैले १ करोड ५९ लाख ८६ हजार खर्च गरेर आकाशे पुल निर्माण गर्न लागेको हो । पुल निर्माणको जिम्मा अजोड कन्सट्रक्सन कम्पनी काठमाडौँले पाएको छ । पुस महिनादेखि काम सुरु गरेको उक्त कम्पनीले जेठ मसान्तसम्म सम्पन्न गर्ने लक्ष्यका साथ काम गरिरहेको छ । नगरपालिकाका इन्जिनियर इश्वरी ढकालले हालसम्म ५० प्रतिशत काम सम्पन्न भइसकेको बताए । ‘काम आधा सकियो, ग्राउन्ड लेवलको स्टक्चरको काम सकिएको छ,’ उनले भने ।

मंगलगढीमा फोरलेन सडक छ । रत्न राजमार्ग अन्तर्गत धुलियाबिट, सुब्बाकुना, बाङ्गेसिमल जोड्ने मुल सडक हुँदा निकै व्यस्त हुन्छ । पुल बनेसँगै आवत–जावतमा सहजता आउने र विशेष गरी पैदल यात्रुले भोग्दै आएको सास्ती हट्ने ढकाल बताउँछन् । वीरेन्द्रनगरले यसलाई आफ्नो नगर गौरवको आयोजनाका रूपमा अघि बढाएको छ । आकासे पुलको हाइट सडकदेखि ६ मिटर अग्लो रहनेछ भने १७ मिटर चौडाइ रहनेछ, जुन आकासे पुल चढ्नको लागि दुई लेन यहाँ रहनेछ । नगरपालिकाको आगामी योजना बसपार्क जाने बाटोमा पनि आकाशे पुल बनाइने छ । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट