काठमाडौँ : प्रिमियम कफी ब्रान्ड माउन्टेनमग कफीले पर्यटकीय नगरी पोखरामा पनि आफ्नो बजार विस्तार गरेको छ।
कम्पनीले विश्वप्रसिद्ध आइकोनिक वाल कभरिङ ब्रान्ड फोमी नेपालसँगको साझेदारीमा बिन्ध्यवासिनीस्थित फोमी पोखरा एक्स्पिरियन्स सेन्टरमा माउन्टेमग कफीको आउटलेट सञ्चालनमा आएको हो। नेपाली कफी उत्पादन र प्रबर्द्धनमा वि.स. २०५७ सालदेखि सक्रिय नेपाली उद्यमीहरूको समूहद्वारा जापानको स्माइल बेभरेजसँगको रणनीतिक साझेदारीमा सञ्चालित माउन्टेनमग कफीको हात्तीसारमा मुख्य आउटलेट रहेको छ।
पोखरामा विस्तर भएसँगै माउन्टेनमग कफीको नेपालमा आउटलेट ५ वटा पुगेका छन्। माउन्टेनमग कफीले छोटो समयमै प्रिमियम कफी ब्रान्डका रूपमा आफ्नो पहिचान स्थापित गरेको छ। पोखरामा आउटलेट विस्तार भएसँगै यसले विदेशी पर्यटकमाझ कफी लोकप्रिय भई कफी संस्कृतिको प्रवर्द्धनमा टेवा पुग्ने विश्वास कम्पनीको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij