Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

नेपाल–कतार सम्बन्ध सुदृढीकरणमा जोड

नेपाल–कतार सम्बन्ध सुदृढीकरणमा जोड

काठमाडौँ : परराष्ट्रमन्त्री शिशिर खनालसँग बिहीबार नेपालका लागि कतारका राजदूत मोहम्मद अल अन्सारीले उनको कार्यकक्षमा शिष्टाचार भेट गरेका छन् ।

त्यस अवसरमा उनीहरूबिच आपसी हितका विविध क्षेत्रमा द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा विचार आदानप्रदान भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

विशेषगरी उनीहरूबिच श्रम आप्रवासन, जलविद्युत् र कृषिमा साझेदारी, पर्यटन प्रवद्र्धन तथा लगानी विस्तारका विषयमा छलफल भएको थियो ।

साथै नेपाल र कतारबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वार्षिकोत्सव मनाउने सम्बन्धमा पनि विभिन्न पक्षमा कुराकानी भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट