Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

चितवनमा मोटरसाइकलले साइकलयात्रीलाई ठक्कर दिँदा दुवै चालक घाइते

चितवनमा मोटरसाइकलले साइकलयात्रीलाई ठक्कर दिँदा दुवै चालक घाइते

रत्ननगर :  रत्ननगर–१, बकुलहर चोकस्थित पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकलले साइकलयात्रीलाई ठक्कर दिँदा दुवै चालक घाइते भएका छन् ।टाँडीबाट भरतपुर जाँदै गरेको मधेस प्रदेश–०३४ प ३५४५ नम्बरको मोटरसाइकलले साइकलयात्री रत्ननगर–१ बस्ने ७२ वर्षीय युवनाथ अधिकारीलाई ठक्कर दिएको थियो । सो दुर्घटनामा घाइते साइकल चालकको ओम साईराम हस्पिटल टाँडीमा उपचारपश्चात् एलाइभ हस्पिटल भरतपुरमा थप उपचार भइरहेको छ ।

यस्तै, दुर्घटनामा मोटरसाइकल चालक पर्सा वीरगञ्ज महानगर–३ बस्ने २६ वर्षीय टेक साहिलको बकुलहर रत्ननगर अस्पताल टाँडीमा उपचार भइरहेको प्रहरीले जनाएको छ 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट