चितवन : भरतपुरस्थित पुष्पाञ्जली अस्पतालको १७औँ वार्षिकोत्सवका अवसरमा आयोजित रक्तदान कार्यक्रममा ५७ युनिट रगत संकलन गरिएको छ। रक्तदान गर्नेहरूमध्ये १६ जना महिला तथा १८ जना पहिलोपटक रक्तदान गर्ने नयाँ रक्तदाता रहेका छन्।
अस्पतालका सूचना अधिकारी केदार प्रसाद सुवेदीका अनुसार प्रादेशिक रक्तसञ्चार केन्द्र, भरतपुरको प्राविधिक सहयोग तथा ब्लड डोनर्स एसोसिएसन चितवनको सहकार्यमा कार्यक्रम सम्पन्न गरिएको हो।
अस्पतालका अध्यक्ष चेतनाथ वाग्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सूचना अधिकारी सुवेदीले स्वागत मन्तव्य राख्दै रक्तदानको महत्त्व, सामाजिक सेवामा यसको भूमिका तथा रक्तदाताका अनुभवबारे प्रकाश पार्नुभएको थियो।
कार्यक्रममा श्याउली बजार टोल विकास संस्थाका अध्यक्ष बद्री पौडेल, ब्लड डोनर्स सोसाइटीका केन्द्रीय अध्यक्ष अर्जुन अधिकारी, जिल्ला अध्यक्ष एकराज बुर्लाकोटी, अस्पताल सञ्चालक समितिका सदस्य, कर्मचारी, रक्तदाता तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।
अस्पतालका वरिष्ठ फिजिसियन डा. भोजराज अधिकारीले रक्तदानका फाइदा तथा कसले रक्तदान गर्न मिल्छ भन्नेबारे जानकारी दिनुभयो। उहाँले रगतको अभाव पूर्ति गर्न रक्तदातालाई निरन्तर उत्प्रेरित गर्न आवश्यक रहेको बताउँदै विद्यालय र क्याम्पसको पाठ्यक्रममै रगतको महत्त्व समावेश गर्नुपर्ने धारणा राख्नुभयो। वि.सं. २०६६ सालमा भरतपुर–१०, चौबीसकोठीबाट २५ शैयाको सामान्य अस्पतालका रूपमा स्थापना भएको पुष्पाञ्जली अस्पताल हाल १०० शैयाको सुविधासम्पन्न विशेषज्ञ अस्पतालका रूपमा सञ्चालनमा रहेको छ। २०७९ सालदेखि बालमन्दिर रोडस्थित आफ्नै भवनबाट सेवा दिँदै आएको अस्पतालमा विभिन्न विशेषज्ञ तथा अति-विशेषज्ञ सेवाहरू उपलब्ध छन्।
अस्पतालमा आधुनिक प्रयोगशाला, सिटी स्क्यान, फोरडी भिडियो एक्स–रे, मोडुलर शल्यक्रिया कक्ष, २४सै घण्टा आकस्मिक सेवा, आइसीयू, एनआईसीयू, क्रिटिकल केयर, फार्मेसी, क्यान्टिन, एम्बुलेन्स तथा शवगृहलगायत एकीकृत सेवा सञ्चालनमा छन्।
चितवन तथा आसपासका क्षेत्रका सेवाग्राहीलाई लक्षित गर्दै अस्पतालले १२० भन्दा बढी सामाजिक संघ–संस्थासँग सहकार्य गर्दै आएको छ। अस्पतालमा पूर्व स्वास्थ्य मन्त्रीदेखि प्रतिष्ठित व्यवसायी तथा चिकित्सकहरूको समेत लगानी रहेको जनाइएको छ।भरतपुरमा पुष्पाञ्जली अस्पतालको वार्षिकोत्सवमा रक्तदान, ५७ युनिट संकलन
चितवन, वैशाख २ — भरतपुरस्थित पुष्पाञ्जली अस्पतालको १७औँ वार्षिकोत्सवका अवसरमा आयोजित रक्तदान कार्यक्रममा ५७ युनिट रगत संकलन गरिएको छ। रक्तदान गर्नेहरूमध्ये १६ जना महिला तथा १८ जना पहिलोपटक रक्तदान गर्ने नयाँ रक्तदाता रहेका छन् । अस्पतालका सूचना अधिकारी केदार प्रसाद सुवेदीका अनुसार प्रादेशिक रक्तसञ्चार केन्द्र, भरतपुरको प्राविधिक सहयोग तथा ब्लड डोनर्स एसोसिएसन चितवनको सहकार्यमा कार्यक्रम सम्पन्न गरिएको हो।
अस्पतालका अध्यक्ष चेतनाथ वाग्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सूचना अधिकारी सुवेदीले स्वागत मन्तव्य राख्दै रक्तदानको महत्त्व, सामाजिक सेवामा यसको भूमिका तथा रक्तदाताका अनुभवबारे प्रकाश पार्नुभएको थियो।
कार्यक्रममा श्याउली बजार टोल विकास संस्थाका अध्यक्ष बद्री पौडेल, ब्लड डोनर्स सोसाइटीका केन्द्रीय अध्यक्ष अर्जुन अधिकारी, जिल्ला अध्यक्ष एकराज बुर्लाकोटी, अस्पताल सञ्चालक समितिका सदस्य, कर्मचारी, रक्तदाता तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।
अस्पतालका वरिष्ठ फिजिसियन डा. भोजराज अधिकारीले रक्तदानका फाइदा तथा कसले रक्तदान गर्न मिल्छ भन्नेबारे जानकारी दिनुभयो। उहाँले रगतको अभाव पूर्ति गर्न रक्तदातालाई निरन्तर उत्प्रेरित गर्न आवश्यक रहेको बताउँदै विद्यालय र क्याम्पसको पाठ्यक्रममै रगतको महत्त्व समावेश गर्नुपर्ने धारणा राख्नुभयो। वि.सं. २०६६ सालमा भरतपुर–१०, चौबीसकोठीबाट २५ शैयाको सामान्य अस्पतालका रूपमा स्थापना भएको पुष्पाञ्जली अस्पताल हाल १०० शैयाको सुविधासम्पन्न विशेषज्ञ अस्पतालका रूपमा सञ्चालनमा रहेको छ। २०७९ सालदेखि बालमन्दिर रोडस्थित आफ्नै भवनबाट सेवा दिँदै आएको अस्पतालमा विभिन्न विशेषज्ञ तथा अति-विशेषज्ञ सेवाहरू उपलब्ध छन्।
अस्पतालमा आधुनिक प्रयोगशाला, सिटी स्क्यान, फोरडी भिडियो एक्स–रे, मोडुलर शल्यक्रिया कक्ष, २४सै घण्टा आकस्मिक सेवा, आइसीयू, एनआईसीयू, क्रिटिकल केयर, फार्मेसी, क्यान्टिन, एम्बुलेन्स तथा शवगृहलगायत एकीकृत सेवा सञ्चालनमा छन्।
चितवन तथा आसपासका क्षेत्रका सेवाग्राहीलाई लक्षित गर्दै अस्पतालले १२० भन्दा बढी सामाजिक संघ–संस्थासँग सहकार्य गर्दै आएको छ। अस्पतालमा पूर्व स्वास्थ्य मन्त्रीदेखि प्रतिष्ठित व्यवसायी तथा चिकित्सकहरूको समेत लगानी रहेको जनाइएको छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij