Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

परराष्ट्रमन्त्री खनालसँग जर्मनीका राजदूतको भेट

परराष्ट्रमन्त्री खनालसँग जर्मनीका राजदूतको भेट

काठमाडौँ : परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि जर्मनीका राजदूत उडो युजेन भोल्जले शिष्टाचार भेटवार्ता गरेका छन्।

मन्त्रालयमा आज (बुधबार) भएको भेटमा उनीहरूबीच नेपाल-जर्मनी सम्बन्धका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।

त्यस अवसरमा राजदूत भोल्जले जर्मनीका संघीय विदेशमन्त्री योहान डेबिड वाडेफुलका तर्फबाट नेपालका परराष्ट्रमन्त्रीमा नियुक्त भएकामा मन्त्री खनाललाई शुभकामना व्यक्त गरेको जानकारी दिएका थिए। 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij