Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

कस्तो रहनेछ नयाँ वर्षको दिनको मौसम ?

कस्तो रहनेछ नयाँ वर्षको दिनको मौसम ?

काठमाडौँ  : नयाँ वर्ष २०८३ सालको पहिलो दिन आज काठमाण्डौ उपत्यकासहित देशैभरको मौसम सामान्यतयाँ सफा रहेको छ । 

उपत्यकामा बिहानैदेखि घाम लागेको छ । अरु ठाउँमा पनि मौसम सफा रहेको छ । तराई क्षेत्रको मौसम पनि भोलिसम्म सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशका हिमाली भू–भागका केही ठाउँमा दिउँसोपछि हल्का वर्षा तथा हिमपातको सम्भावना रहे पनि ठूलो वर्षाको सम्भावना भने छैन । 

कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक/दुई ठाउँमा पनि हल्का वर्षा हुन सक्ने अनुमान छ । दिउँसो भन्दा राति मौसमी गतिविधि केही सक्रिय हुने अुनमान छ । 

राति विशेषगरी कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा तथा हिमपातको सम्भावना छ । 

यस्तै कोशी प्रदेशको पहाडी भू–भागसहित देशका अधिकांश हिमाली क्षेत्रमा सामान्य बदली र बाँकी पहाडी भू-भागमा आंशिक बदली हुने महाशाखाको अनुमान छ । 

भोलि पनि कोशी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही ठाउँमा र अन्य हिमाली भू–भागका एक/दुई ठाउँमा मेघगर्जन तथा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

भोलिसम्म हिमाली क्षेत्रमा सामान्य बदली, पहाडी क्षेत्रमा आंशिक बदली र तराई क्षेत्रमा मौसम मुख्यतः सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको  छ । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट