Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

आशा भोसलेको अन्तिम संस्कारमा भावुक परिवार

आशा भोसलेको अन्तिम संस्कारमा भावुक परिवार

काठमाडौं : भारतकी प्रसिद्ध पार्श्व गायिका आशा भोसलेको आज अन्तिम संस्कार हुँदै छ । आइतबार ९२ वर्षको उमेरमा निधन भएकी उनको आज राजकीय सम्मानका साथ अन्त्य गरिँदै छ । 

आशा भोसलेकी नातिनी जनाई भोसलेकाखखे एउटा भिडियो भाइरल भइरहेको छ । फोटोमा आफ्नी हजुरआमाको शरीरलाई हेर्दै र छोइरहेको भावुक दृश्य देखिन्छ ।  

पापाराजीले सेयर गरेको भिडियोमा आशा भोसलेकी नातिनी जनाई भोसले चश्मा लगाएको देखिन्छिन् । यद्यपि, उनी भावुक भएको देख्न सकिन्छ । उनी हजुरआमाकहाँ पुग्छिन् र मानिसहरूले उनको हेरचाह गरिरहेको देखिन्छ । भिडियो हेरेपछि फ्यानहरू पनि भावुक भएको देख्न सकिन्छ । 

आशा भोसले केही समयअगाडिसम्म धेरै कार्यक्रमहरूमा उपस्थित हुने गरेक थिइन् । उनकी नातिनी जनाई प्रायः उनीसँगै देखिन्थिन् । आशा भोस्लेले १२ हजारभन्दा धेरै गीत गाएकी छन् । उनले प्रतिष्ठित दादासाहेब फाल्के पुरस्कार पनि पाएकी थिइन् । पद्मविभूषणले सम्मानित उनले २० भाषाका गीत गाएकी छन् । 

1-1776076154.JPG

3-1776076154.JPG

4-1776076154.JPG

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट