Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

दक्षिण लेबनानमा इजरायली आक्रमण, ५ जनाको मृत्यु

दक्षिण लेबनानमा इजरायली आक्रमण, ५ जनाको मृत्यु

बेरुत : दक्षिण लेबनानमा इजरायलले गरेको आक्रमणमा कम्तीमा ५ जनाको मृत्यु भएको छ । नेशनल न्युज एजेन्सीका अनुसार मृतकमध्ये एक जनाले बाजौरीयेहमा गरिएको आक्रमणमा ज्यान गुमाएका छन् । 

उक्त आक्रमणमा कम्तीमा ९ जना घाइते भएका छन् भने धेरै घरहरू र एक विद्यालय भवनमा गम्भीर क्षति पुगेको बताइएको छ ।

एनएनएका अनुसार, नबातियेह एल फौका र सर एल घर्बियेहमा दुई जनाको मृत्यु भएको छ भने चौकिनेमा थप दुई जनाले ज्यान गुमाएका छन् । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट