Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

जुम्ला, म्याग्दी र कैलालीमा तीन जना मृत फेला

जुम्ला, म्याग्दी र कैलालीमा तीन जना मृत फेला

काठमाडौँ : देशका विभिन्न स्थानमा तीन जना व्यक्ति मृत अवस्थामा फेला परेका छन्। जुम्ला, म्याग्दी र कैलालीमा छुट्टाछुट्टै घटनामा उनीहरू मृत अवस्थामा फेला परेका हुन्।

जुम्लाको चन्दननाथ नगरपालिका–२ कालिखोलीस्थित सडकको नालीमा सोमबार एक पुरुषको शव भेटिएको छ। मृतक सोही नगरपालिका–३ डाँडाकोट बस्ने ४२ वर्षीय मन बहादुर सार्की रहेको प्रहरीले जनाएको छ।

त्यस्तै, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ राम्चेस्थित निधाल्नी खोलामा आइतबार एक पुरुष मृत फेला परेका छन्। अन्दाजी ५० वर्षीय ती पुरुषको हालसम्म नाम, थर र ठेगाना खुल्न सकेको छैन।

यता, कैलालीको जानकी गाउँपालिका–९ कतासेस्थित रानीजमरा कुलरिया सिँचाइको नहरमा सोमबार अर्का एक पुरुष मृत अवस्थामा फेला परेका छन्। अन्दाजी ३५ वर्षीय ती पुरुषको पनि पहिचान खुल्न बाँकी रहेको प्रहरीले बताएको छ। सबै घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप अनुसन्धान अगाडि बढाएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट