Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

स्ट्रेट अफ हर्मुजमा अमेरिकाले लगायो नाकाबन्दी

स्ट्रेट अफ हर्मुजमा अमेरिकाले लगायो नाकाबन्दी

काठमाडौँ  : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ हर्मुजमा प्रवेश गर्ने जहाजहरूलाई नाकाबन्दी गर्न नौसेनालाई निर्देशन दिएका छन्।ट्रम्पले इरानमाथि समुद्री मार्गमा अवरोध सिर्जना गरेको आरोप लगाउँदै अमेरिकी वा अन्य जहाजमाथि आक्रमण भए कडा सैन्य प्रतिक्रिया दिने चेतावनी दिएका छन्।
काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी नौसेनालाई स्ट्रेट अफ हर्मुज मा प्रवेश गर्ने वा बाहिरिने जहाजहरूलाई “ब्लकेड” (नाकाबन्दी) गर्न निर्देशन दिएको बताएका छन्। उनले सामाजिक सञ्जाल ट्रुथ सोसल मा लेख्दै यस्तो चेतावनी दिएका हुन्।

ट्रम्पका अनुसार हालैको वार्तामा धेरै विषयमा सहमति भए पनि “मुख्य विषय न्यूक्लियरमा सहमति हुन सकेन।” उनले इरान माथि स्ट्रेटमा खतराको वातावरण सिर्जना गरेको आरोप लगाउँदै कतै माइन हुन सक्छ भन्ने डर देखाएर स्वतन्त्र आवागमन रोक्ने प्रयास भएको बताएका छन्।

उनले अमेरिकी नौसेनालाई अन्तर्राष्ट्रिय पानीमा इरानलाई शुल्क तिरेका जहाजहरूलाई रोक्न निर्देशन दिइएको पनि बताएका छन्। साथै, इरानले राखेको भनिएको समुद्री माइनहरू नष्ट गर्ने कार्य पनि सुरु गरिने बताएका छन्।

ट्रम्पले कडा चेतावनी दिँदै भनेका छन् कि “जो कोहीले अवैध शुल्क तिर्छ, उसलाई उच्च समुद्रमा सुरक्षित मार्ग हुने छैन।” उनले थपे–यदि कुनै इरानी पक्षले अमेरिकी वा अन्य शान्तिपूर्ण जहाजमाथि आक्रमण गर्छ भने कडा सैन्य प्रतिक्रिया दिइनेछ। “यो नाकाबन्दी छिट्टै सुरु हुनेछ,” ट्रम्पले पोस्टको अन्त्यमा उल्लेख गरेका छन्।

स्ट्रेट अफ हर्मुज विश्वको सबैभन्दा महत्त्वपूर्ण तेल आपूर्ति मार्गमध्ये एक भएकाले यस क्षेत्रमा तनाव बढ्दा अन्तर्राष्ट्रिय व्यापार र ऊर्जा सुरक्षामा ठुलो असर पर्ने चिन्ता व्यक्त गरिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट