काठमाडौँ : प्रधानमन्त्री बालेन्द्र शाह बालेन पहिलो भारत भ्रमणमा जाने तयारीमा रहेका छन् । भारत भ्रमणको तयारीमा रहेका प्रधानमन्त्री बालेनलाई श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता हर्कराज राई (हर्क साम्पाङ) ले सीमा अतिक्रमण बन्द गराउन र व्यापारिक प्रयोजनका लागि नेपाली भूमि प्रयोग गर्दा नेपालसँग अनिवार्य अनुमति लिनुपर्ने व्यवस्था मिलाउन आग्रह गरेका छन्।
साम्पाङले आज (आइतबार) बिहान सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहलाई भारतबाट भइरहेको सीमा अतिक्रमणका विषयमा जोडदार आवाज उठाउन अनुरोध गरेका हुन्। सम्मानीय प्रधानमन्त्री बालेन्द्र शाह ज्यू ! तपाईंको भारत भ्रमण निकट भविष्यमै हुने भन्ने समाचार बाहिरिएको छ। भ्रमण उपलब्धिमूलक रहोस्’, उनले लेखेका छन्, ‘महाकालीमा सीमा अतिक्रमण बन्द गरियोस् र लिम्पियाधुरा-लिपुलेकमा नाका खोल्दा नेपालको स्वीकृति अनिवार्य लिने प्रबन्ध मिलाइयोस्। यति भए पुग्छ अहिलेलाई।’
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले निम्तो दिएपछि प्रधानमन्त्री शाह भारत भ्रमणको तयारीमा छन्। यद्यपि मिति तोक्न बाँकी छ।
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij
© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij