Logo

Oct 07 2026 | २०८३, आश्विन २१गते

प्राकृतिक सम्पदाको संरक्षणबाट स्थानीय अर्थतन्त्र सुदृढ हुन्छ : मुख्यमन्त्री आचार्य

प्राकृतिक सम्पदाको संरक्षणबाट स्थानीय अर्थतन्त्र सुदृढ हुन्छ : मुख्यमन्त्री आचार्य

बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्राकृतिक सम्पदाको संरक्षण, संवर्द्धन र प्रवर्द्धनबाट स्थानीय अर्थतन्त्र सुदृढ हुने बताएका छन् ।

रुकुम पूर्वको सिस्ने गाउँपालिका–६, आला बाहुनडेरा (रुकुमकोट) मा निर्माण गरिएको देउवर काजी मन्दिरको उद्घाटन गर्दै उनले स्थानीय स्रोत–साधनको संरक्षण अपरिहार्य रहेको उल्लेख गरे ।

मुख्यमन्त्री आचार्यले रुकुम पूर्वको समग्र विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउँदै विकासका कामलाई उच्च प्राथमिकतामा राखेर अघि बढाइएको जानकारी दिए।

“अझै धेरै काम गर्न बाँकी छन्, ती सबैलाई योजनाबद्ध रूपमा अगाडि बढाइनेछ,” उनले भने । उनले रुकुम पूर्वलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न प्रदेश सरकारले विशेष योजना बनाइरहेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij