Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

प्रतिनिधिसभाले पायो २५ वर्षीया रुबीकुमारी ठाकुर उपसभामुख

प्रतिनिधिसभाले पायो २५ वर्षीया रुबीकुमारी ठाकुर उपसभामुख

काठमाडौँ  : श्रम संस्कृति पार्टीकी रुबीकुमारी ठाकुर प्रतिनिधिसभाको उपसभामुख निर्वाचित भएकी छिन्।शुक्रबार भएको निर्वाचनमा राप्रपाकी सरस्वती लामालाई पराजित गर्दै रुबीकुमारी उपसभामुख निर्वाचित भएकी हुन्।सदनमा  उपस्थित २५६सांसदमध्ये रुबीकुमारीलाई उपसभामुख बनाउने पक्षमा २२९ जनाले मतदान गरे । उनको विपक्षमा ५ जनाले मतदान गरे भने २२  जना तटस्थ बसेको  सभामुख डीपी अर्यालले सभालाई जानकारी गराए।

रुबीकुमारीलाई उनको दल श्रम संस्कृतिसँगै सत्तारुढ दल रास्वपा, नेपाली कांग्रेस र नेकपाको समर्थन थियो। नेकपा एमालेले भने यो निर्वाचनमा भाग लिएन। राप्रपा प्रतिस्पर्धी थियो।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट