Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते

बनकसवासामा बस दुर्घटना, २६ जना घाइते

बनकसवासामा बस दुर्घटना, २६ जना घाइते

तौलिहवाः कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसवासामा यात्रुवाहक बस दुर्घटना हुँदा २६ जना घाइते भएका छन्। पूर्व–पश्चिम राजमार्गअन्तर्गत नेपालगञ्जबाट काठमाडौँजाँदै गरेको बस गएराति करिब १२ः३० बजे दुर्घटनामा परेको हो।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक राजन ढकालकाअनुसार नेपालगञ्जबाट काठमाडौँ जाँदै गरेको भे १ ख ४३७६ नम्बरको बस आफैं अनियन्त्रित भई सडक छेउमा पल्टिँदा २६ जना घाइते भएका हुन्। घाइतेमध्ये आठ जनाको अवस्था मध्यम र १८ जनाको अवस्था सामान्य रहेको उहाँले बताउनुभयो।

घाइतेमध्ये दुई महिला र दुई पुरुषको बुटवलमा तथा तीन पुरुषको संजिवनी सामुदायिक अस्पताल, चन्द्रौटामा उपचार भइरहेको छ। दुर्घटनामा घाइते भएका १२ जना उपचारपछि डिस्चार्ज भएर घर फर्किसकेका छन्।

बसमा चालकसहित ३७ जना सवार रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट