Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

आज यी तीन प्रदेशमा वर्षाको सम्भावना

आज यी तीन प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ " हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले  हाल देशका पहाडी तथा हिमाली भूभागमा साधरणतया बादल लागेको छ भने तराई भूभागमा आंशिक बादल लागेको छ । 

आज दिउँसो  कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भूभागमा साधरणतया बादल लाग्ने, कोशी प्रदेशको पहाडी र तराई भूभाग तथा बाँकी पहाडी र हिमाली  भूभागमा आंशिक बादल लाग्नेछ । बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ । 

कोशी प्रदेशको पहाडी र हिमाली भूभाग तथा बागमती र गण्डकी प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

आज राति कोशी प्रदेशको पहाडी र हिमाली भूभागमा साधरणतया बादल लाग्ने तथा बागमती, गण्डकी र कर्णाली प्रदेशको हिमाली भूभागमा आंशिक बादल लाग्नेछ । कोशी र गण्डकी  प्रदेशको हिमाली भूभागको एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट