Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

खैरो हेरोइन सहित एक जना युवक पक्राउ

खैरो हेरोइन सहित एक जना युवक पक्राउ

काठमाडाैँ :   प्रहरीले खैरो हेरोइन सहित काठमाडौंको बुढानिलकण्ठबाट एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको अर्जुनधारा नगरपालिका घर भएर बुढानिलकण्ठ बस्दै आएका २७ वर्षीय रामचन्द्र पुरी छन् । 

आरोपीलाई बुधवार बुढानिलकण्ठ–१० स्थित नगर अस्पताल नजिकैबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले रातोपाटीलाई बताए । 

प्रहरीले उनको डेराबाट ५९.५ ग्राम लागुऔषध खैरो हेरोइन र १ लाख ७२ हजार नगद बरामद गरेको छ । उनको साथबाट लागुऔषध तौल गर्न प्रयोग गरिने १ थान तराजु पनि बरामद गरिएको एसपी कार्कीले जानकारी दिए।

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट