Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

नेकपा एमालेका युवा नेता दिवस पाण्डेको निधन

नेकपा एमालेका युवा नेता दिवस पाण्डेको निधन

चितवन : नेकपा एमालेका युवा नेता दिवस पाण्डेको निधन भएको छ । सामाजिक तथा राजनीतिक क्षेत्रमा सक्रिय उहाँको भारत नयाँदिल्लीस्थित राजिब गान्धी हस्पिटलमा उपचारकै क्रममा (विहीबार बिहान) निधन भएको हो ।

विगतमा नेकपा माओवादी केन्द्र निकट युवा संगठन वाइसिएल नेपालका पूर्व सचिव समेत रहनुभएका उहाँ २०७९ साल असारमा नेकपा एमालेमा प्रवेश गरी राजनीतिमा सक्रिय रहनुभएको थियो । चितवन पदमपुरमा परिवारसंगै बस्दै आउनुभएका उहाँ विगतमा माडीको दिवाकर बालग्राम परिवारमा समेत आवद्ध रही यहाँको सामाजिक तथा राजनैतिक क्षेत्रमा काम गर्नुभएको थियो ।

पछिल्ला केहि बर्षदेखि उहाँ अस्वस्थ रही निरन्तर उपचारमा रहनुभएको थियो । दिवंगत पाण्डेले माडीमा दिवाकर स्मृति विद्यालय र दिवाकर सञ्चार केन्द्र (रेडियो माडी)को संस्थापनामा विशेष योगदान गर्नुभएको छ । उहाँको असामयिक निधनले राजनीतिक तथा सामाजिक वृत्तमा शोक छाएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट