Logo

Aug 17 2026 | २०८३, भाद्र १गते

अमेरिका–इरान युद्धविरामप्रति इजरायलको समर्थन, लेबनानमा भने लागू नहुने

अमेरिका–इरान युद्धविरामप्रति इजरायलको समर्थन, लेबनानमा भने लागू नहुने

काठमाडौं : इजरायलले अमेरिका र इरानबीच भएको युद्धविरामको घोषणा मान्ने भएको छ । तर, उसले लेबनानमा भने युद्धविराम लागू नहुने प्रष्ट्याएको छ । इजरायलले आफ्नो आधिकारिक बयानमा भनेको छ, ‘हामी राष्ट्रपति डोनाल्ड ट्रम्पको फैसलामा समर्थन गर्दछौं, जसमा इरानमाथि दुई साताका लागि हमला नगरिने उल्लेख छ । बिना शर्त इरानले तत्काल होर्मुज स्ट्रेट खोलोस् र अमेरिका, इजरायल र अन्य देशमाथि हमला बन्द गरोस् ।’

अमेरिकाले इरान परमाणु हतियार, मिसाइल अथवा आतंकको खतरा नबनोस् भनेर गरिरहेको प्रयासमा इजरायलले समर्थन गरिरहेको बयानमा भनिएको बीबीसीले जनाएको छ । ‘अमेरिकाले इजरायलसँग ती लक्ष्य हासिल गर्नका लागि प्रतिबद्ध रहेको बताएको छ,’ बयानमा भनिएको छ, ‘आगामी छलफलमा अमेरिकाले ती लक्ष्यहरू हामी र हाम्रा क्षेत्रीय सहयोगीहरूसँग साझा गर्ने छ ।’

उता पाकिस्तानका प्रधानमनत्री शहबाज शरिफले ‘एक्स पोस्ट’मा लेबनानमा पनि युद्धविराम लागू हुने उल्लेख गरेका छन् । तर, इजरायलले भने लेबनानमा युद्धविराम लागू नहुने बताएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

© 2026 All right reserved to saurahaonline.com | Site By : Sobij

नयाँ अपडेट